


गौशाला, १४ माघ : महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा गएराति प्रहरीले एकजनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरपुर गाविस–३ बस्ने २४ वर्षीय जयनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेका चौधरीले कुनै व्यक्तिसँग केही दिनदेखि धम्की दिएर रु १५ लाख माग्दै आएको सुराकी पाएपछि प्रहरी उनको खोजी गर्दै आएको प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनुभयो ।
चौधरीलाई गौशाला र सर्लाहीको बयलवासबाट खटिएको संयुक्त प्रहरी टोलीले सुतिरहेको अवस्थामा घरबाटै पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेका चौधरीको साथबाट एकथान नलकटुवा (पेस्तोल) बरामद गरेको हो । राति १ः३० बजे पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ ।
यो विषयका प्रतिक्रियाहरु
naresh sah baburam khadka :Jan 28, 2012 09:12:13 PM
यो कुरा male सुन्दा निकै खुशी लग्यो ओके