Tuesday, 22 May 2012 03:06 pm, Nepal

भगत सिंहले युद्धबिराम गर्ने, आत्मसमर्पण गर्न लागेको प्रहरीको दाबी

मेचीकाली : 2012-01-29 08:39:32


नेपालगञ्ज, १५ माघ : जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका नाममा पश्चिम तराईमा हिंसात्मक गतिविधि सन्चालन गरीरहेका अर्जुन सिंह सिखउर्फ भगत सिंहले युद्धविरामको तयारी गरेका छन् । एक विज्ञप्ति जारी गरी सिहंले शान्ति मन्त्रालयको वार्ता प्रस्तावलाई स्वीकार गर्दै युद्धविरामको तयारी गरेको बताएका छन्  । एक साताभित्र वार्ता टोली बनाएर हतियार बिसाएको घोषणा गर्नें विज्ञप्तिमा उल्लेख छ ।

तर बाँकेका सुरक्षा अधिकारीहरुले भने सुरक्षा दबाबलाई झेल्न नसकेर भगत सिंहले आत्मसर्मपण गर्न लागेको दावी गरेका छन् । एक महिना अघि देखि नै आत्मसर्मपणका लागि आवस्यक प्रकृयामा आउन खोजेको सुचना प्राप्त भएकोे बाँकेका प्रहरी प्रमुख बिक्रम सिंह थापाले बताउनुभयो । भगत सिंहलाई आफुले घेरामा पारी सकेकाले आत्मसर्मपण बाहेक अर्को बिकल्प नरहेको  एसपी थापाको भनाइ छ । आधा दशक अघि देखि भुमिगत ससस्त्र गतिविध गर्दै आएका उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा हुदै आफनो कमाण्डमा तराई मधेस मुक्ति पार्टी सम्मको हिंसात्मक राजनीतिमा आईपुगेका हुन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु