


चितवन (रत्ननगर), १५ माघ : रूखको हाँगाले लागेर आज पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिव्यनगर गाविसका २० वर्षीय होमलाल अर्याल छन् । उनीसँगै रहेका मेघौलीमा भेषराज भुषाल घाइते भएका छन् ।
रामपुरबाट नारायणगढ आउँदै गरेको ना९प २०९४ नम्बरको मोटरसाइकलमा शारदानगर गाविस–८ स्थित रामपुर कृषि क्याम्पसअगाडि काट्दै गरेको सिसौको हाँगा झरेर लाग्दा मोटरसाइकलमा सवार अर्यालको मृत्यु भएको थियो ।
घाइतेको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।