Tuesday, 22 May 2012 03:07 pm, Nepal

माओवादी शीर्ष नेतृत्व आज वुटवलमा

मेचीकाली : 2012-01-30 09:43:20


बुटवल, १६ माघ : माओवादी अवध राज्यसमिति र प्रवासको प्रशिक्षणमा सहभागि हुन माओवादी शीर्ष नेतृत्व आज वुटवल जाँदैछ । अध्यक्ष प्रचण्ड सहित उपाध्यक्ष मोहन वैद्य किरण, अर्का उपाध्यक्ष तथा प्रधानमन्त्री डा.बाबुराम भट्टराई आज बुटवल जानलाग्नुभएको हो । कार्यकर्तालाई पार्टि एकताको सन्देश दिन मुलुकमा अहिले जारी रहेको शान्ति र संविधानको कार्यभार पुरा गर्न माओवादीले खेल्नुपर्ने भुमिकाका सम्बन्धमा कार्यकर्तालाई प्रशिक्षण दिईने माओवादी पोलिटव्यूरो सदस्य गिरिधारीलाल न्यौपानेले बताउनुभयो ।

प्रशिक्षणमा विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेल लगायतका नेताहरु पनि बुटवलमा आउने कार्यक्रम रहेको छ । आज विहान ११ बजे बुटवलको कान्ति सभागृहमा संचालन हुने प्रशिक्षणमा दुई राज्यका करिव चार सय राज्यस्तरिय सदस्यहरु सहभागी हुने छन् । प्रशिक्षण लिनका लागि प्रवासका विभिन्न क्षेत्र तथा अवध अन्तरगतका रुपन्देही, नवलपरासी, र कपिलवस्तुका सदस्यहरु बुटवल आउने क्रम जारी रहेको न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु