Tuesday, 22 May 2012 03:11 pm, Nepal

पहुँचवालाले मात्र राहत पाएको गुनासो

मेचीकाली : 2012-01-31 08:43:43


म्याग्दी, १७ माघ : शान्तिप्रक्रिया सुरु भएको वर्षौं बितिसक्दा पनि तत्कालीन अवस्थामा राज्यपक्ष र विद्रोहीको  आक्रमणमा ज्यान गुमाएकाको परिवारले राहतको नाममा सास्ती खेप्नुपरेकोे बताएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत रहेको शान्ति कोष सचिवालय र रेडियो नेपालको सहकार्यमा आयोजित कार्यक्रममा द्वन्द्वपीडितहरुले सो कुरा बताएका हुन् ।

    द्वन्द्वपीडितको नाममा पहुँचवालाले रजाई गरिरहेको बेनी आक्रमणका क्रममा आफ्नो खुट्टा गुमाएका कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।    

    आखाँभरि आँसु निकाल्दै श्रेष्ठले सयाँैपटक विभिन्न कार्यक्रममा आफ्नो समस्या पोख्दासमेत राहत नपाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

    द्वन्द्वका क्रममा श्रीमान् गुमाएकी सिङ्गा गाविसकी मीना कार्कीले द्वन्द्वपीडितका नाममा आफूहरुलाई सास्ती दिने गरेको भन्दै कार्यक्रममुखी प्रवृत्तिको अन्त्य गर्न माग गर्नुभयो ।

    त्यस्तै सहिदपरिवार समाजका संयोजक खिमबहादुर केसीले राज्यले सहिदको परिभाषा दिन नसक्दा सहिदमाथि अपमान भइरहेको भन्दै सहिद घोषणाका लागि मापदण्ड बनाउनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले राज्यबाट प्राप्त राहत रकम प्रशासनले सहज रुपमै वितरण गरिरहेकाले आगामी दिनमा पनि द्वन्द्वपीडितका कामलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

     कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी कृष्णबहादुर बोगटी, स्थानीय शान्ति समितिका संयोजक देवेन्द्रबहादुर केसीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु