


डोटी, १७ माघ : डोटीको छतीवन गाविस ९ रुपस्काँड भन्ने ठाँउमा जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । कर्मचारीहरु बोकेर दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको ना १ च ७०३८ नम्बरको एनसेलको गाडी अनियन्त्रित भई बिहान ३ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा हेटौंडा घर भएका २६ बर्षीय गाडी चालक रमेश चौलागाई र भारतको राजस्थान स्थायी घर भएका २७ बर्षीय प्राविधिक राजेश कुमार रहेको प्रहरीले जनाएको छ । भारतको हरीयाणा घर भएका अर्का प्राविधिक प्रदिप गम्भीर घाईते भएको बताइएको छ ।