Tuesday, 22 May 2012 03:12 pm, Nepal

विश्वको सबैभन्दा होचो व्यक्तिको दाबीसहित एक वृद्ध सार्वजनिक

मेचीकाली : 2012-01-31 13:33:28


झापा (काँकडभिट्टा), १७ माघ : झापाको विर्तामोडमा विश्वको सबैभन्दा होचो व्यक्तिको दाबीसहित दाङ पुरन्धरा–८ का एक वृद्ध सार्वजनिक भएका छन् ।  बाइस इन्च उचाइ र १२ किलोग्राम तौलसहितका ७२ वर्षीय चन्द्रबहादुर डाँगीलाई बागेश्वरी डाँगीबन्धु ट्रसको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले विर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    बुबा बेलाराम डाँगी र आमा पिङ्गला डाँगीका छ भाइ छोरामध्ये उनी काइँला हुन् ।  एकदमै विकट र सञ्चार क्षेत्रको पहुँच नपुग्ने ठाउँमा बसोवास भएको हुनाले आफू आजसम्म सार्वजनिक हुन नसकेको उनको भनाइ छ ।

    ट्रसले झापाको माइधारमा आयोजना गरेको पुराणमा सोमबार उनलाई विशेष अतिथिका रुपमा ल्याएको थियो ।

    विसं २०६६ मा सल्यान जिल्लाबाट नागरिकता लिएपछि सरकारले प्रदान गरेको वृद्धभत्ता भने आफूले लिँदै आएको डाँगीले बताए ।

    नेपालका खगेन्द्र थापामगर र फिलिपिन्सका जुनरी वालाविङभन्दा आफू होचो भएका कारण गिनिज बुकमा आफ्नो नाम लेखाइदिन सरकारसँग उनले अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु