Tuesday, 22 May 2012 03:12 pm, Nepal

वैदेशिक रोजगारीले गाउँको अनुहार फेरियो

मेचीकाली : 2012-01-31 14:50:25


सप्तरी, १७ माघ : करिब एक दशकअघिसम्म झुप्रै झुप्रो भएको सप्तरीको बोदेबसाइन–५ जाँजरस्थित मुसलमान वस्तीमा अहिले आधुनिक सुविधासम्पन्न पक्की महलहरु देखिन थालेका छन् । मुसलमान वस्तीका अधिकांश युवा वैदेशिक रोजगारका लागि खाडी मुलुक लागेपछि सो वस्तीमा यस्तो परिवर्तन आएको हो ।

यस गाउँको प्रत्येक परिवारबाट दुईदेखि सातजना युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् ।        

    केही वर्षअघिसम्म चरम गरिबीका कारण राम्ररी खान र लगाउन नपाएको भन्दै आफ्नो भाग्यलाई सराप्दै आएका जाँजरका मोहम्मद दुखी मियाँ अहिले तीनतले पक्की घरको मालिकमात्र होइन करोडपति बनेका छन् । अहिले गाउँका धनी परिवारका रुपमा उनको परिवारको गणना हुन थालेको छ ।

    उनको परिवार धनी हुनुको कारण कुनै दैविक नभई दुईवटा छोराले वैदेशिक रोजगारमा गरेको कडा मिहेनत हो ।

    दुखीका तीन छोरामध्ये जेठो छोरा ३२ वर्षीय सकिल र माइलो छोरा २८ वर्षीय मुनमा अहिले वैदेशिक रोजगारका लागि खाडी मुलुकमा छन् ।

    उनका जेठा छोरा विगत ११ वर्षदेखि वैदेशिक रोजगारको क्रममा साउदी अरवमा छन् भने माइलो छोरा कतारमा चार वर्ष काम गरी भर्खरै घर फर्केका छन् ।

    छोराहरुले विदेशमा कमाएको पैसाबाट दुईतले पक्की घर बनाएको, एउटा ट्र्याक्टर र गाउँमा एक बिघा जमिनसमेत खरिद गरेको उनी बताउँछन् ।

    यस्तै गाउँमा आफ्नो घडेरीसमेत नभएका सोही ठाउँ निवासी मोहम्मद सरिफले गाउँमै प्रतिकट्ठा रु एक लाख पर्ने चार कट्ठा घडेरी  र राजविराज, विराटनगरलगायतका सहरमा समेत जग्गा खरिद गरेको स्थानीयवासी बताउँछन् ।

    सरिफका पाँच छोरामध्ये चार छोरा वैदेशिक रोजगारका क्रममा खाडी मुलुकमा छन् । छोराहरुले विदेशमा कमाएको पैसाले सरिफले पनि गाउँमा पाँचकोठे पक्की घर बनाएका छन् । 

    यस गाउँका प्रत्येक परिवारले वैदेशिक रोजगारीकै कारण घडेरी जग्गा, पक्की महल र दुईदेखि पाँच बिघासम्म खेत जोड्न सकेको स्थानीय मोहम्मद नजिर मियाँ बताउँछन् ।

    तीन छोरा अहिले वैदेशिक रोजगारीका लागि कतार गएका छन् । छोराहरुले गरेको कमाइका कारण घडेरी जग्गा, पाँचकोठे पक्की घर, खेतीयोग्य दुई बिघा जग्गा जोड्नुका साथै नातिनातिनालाई बोर्डिङ स्कुलमा पढाउन सकेको स्थानीय हलिम मियाँले हर्षका साथ बताए ।

    यो गाउँबाट वैदेशिक रोजगारीका लागि कतार, साउदी, युएई, बहराइन, कुवेत, मलेसियालगायतका मुलुकमा दुई हजारभन्दा बढी युवा गएको मुस्लिम समुदायका अगुवा स्थानीय कविर मियाँ बताउँछन् ।

    वैदेशिक रोजगारमा गएका युवाहरुले प्रतिमहिना रु १० हजारदेखि रु दुई लाखसम्म आर्जन गर्ने गरेको कविरको भनाइ छ ।

    वैदेशिक रोजगारीमा भएको आम्दानीका कारण पाँच वर्ष अगाडि बढीमा १० हजार कट्ठा बिक्री हुने जग्गाको मूल्य अहिले रु २० लाखसम्म पुगेको स्थानीय समाजसेवी दिलीपकुमार यादव बताउँछन् ।

    बोदेबसाइन गाविसको उक्त मुसलमान वस्तीमा अहिले फुसको घर विरलै देख्न पाइन्छ । यति छोटो समयमा यसरी वस्तीको परिवर्तन हुन्छ भनी आपूmहरुले सोचेकै थिएनाँैं भन्दै वैदेशिक रोजगारीले ल्याएको यो परिवर्तनले आपूmहरुले व्यापार व्यवसाय गर्न चाहेको उनीहरु बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु