Tuesday, 22 May 2012 03:12 pm, Nepal

बेश्यावृत्ति गर्ने आरोप लागेका नै बेश्यावृत्तिको विरोधमा

मेचीकाली : 2012-01-31 15:53:06


उर्लाबारी, १७ माघ : बेश्यावृत्ति गर्ने, गराउने आरोप लागेका यहाँका होटल व्यवसायीहरूले नै बेश्यावृत्तिको विरोध गरेका छन् । होटल तथा पेय पदार्थ व्यवसायी सङ्घ उर्लाबारीको १३ आँैं स्थापना दिवसको अवसरमा आज मोरङको उर्लाबारीमा आयोजित कार्यक्रमका वक्ताहरूले होटललाई स्वच्छ व्यवसायका रूपमा सञ्चालन गर्न सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याए ।

सङ्घका सल्लाहकार मनोहरि दाहालले होटल व्यवसायका नाममा  बेश्यावृत्ति र ठगी गर्नेलाई छुट दिन नहुने बताउनुभयो ।

सङ्घका सदस्य मुक्ति न्यौपानेले राज्यले निषेध गरेको क्रियाकलाप होटल व्यवसायभित्र गरिन्छ भने त्यसलाई सङ्गठनले विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष टेकबहादुर कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष रामकुमार राई, वरिष्ठ उपाध्यक्ष नराहाङ राई र सशस्त्र प्रहरी निरीक्षक धनबहादुर बोहोराले पनि बोल्नुभएको थियो ।

विसं २०५६ सालमा स्थापित सो सङ्घमा पूर्वी मोरङका ११ वटा गाविसमा सञ्चालित ३८० होटल आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु