Tuesday, 22 May 2012 03:13 pm, Nepal

प्रेस चौतारी दाङले सूचना वर्गीकरण पत्र जलाउने

मेचीकाली : 2012-02-01 08:40:42


दाङ, १८ माघ : सरकारले सूचनाको हकसम्बन्धी विधेयकलाई अङ्कुश लगाउने गरी १ सय ४० किसिमका सूचना लुकाउने निर्णयप्रति पत्रकारहले विरोध जनाएका छन्  । नेपाल सरकारले ल्याएको सूचना वर्गीकरणको विरोधमा प्रेस चौतारी नेपाल दाङले विरोध स्वरुप आज सूचना वर्गीकरण पत्र जलाउने भएको छ ।

विरोध स्वरुप आज ११ बजे घोराहीको तुलसीपुर चोक सूचना वर्गीकरणपत्र जलाउने कार्यक्रम रहेको प्रेस चौतारी नेपाल दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभएको छ । यसैबीच सूचना नदिन सम्बन्धित मन्त्रालय एवम् निकायहरुमा पत्र पठाएको सार्वजनिक भएपछि पत्रकार महासंघले गरेको आन्दोलन प्रति देउखुरी संञ्चार केन्द्र लमहिले विज्ञप्ति मार्फत ऐक्यवद्धता जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु