


विराटनगर, १८ माघ : राजस्व चुहावट नियन्त्रण गर्र्न भन्सार विभागले विराटनगर भन्सार कार्यालय परिसरमा इन्टरनेट प्रोटोकल क्यामरा जडान गरिएको छ । भन्सार क्षेत्रमा ११ थान आइपी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको हो । इन्टरनेट प्रोटोकल क्यामराले चोरी पैठारी नियन्त्रण गर्नुका साथै भन्सार कर्मचारीहरुको अनियमिताको नियन्त्रण गर्ने र शङ्कास्पद क्रियाकलापको रेकर्डसमेत भएकाले सो क्यामरा जडान गरिएको बताइएको छ ।
भन्सार विभागका महानिर्देशक रणबहादुर श्रोष्ठले एक कार्यक्रमबीच सो जडान गरिएको क्यामरा शुभारम्भ गर्नुभएको थियो ।
उहाँले सो अवसरमा विगतको तुलनामा भन्सारको क्रियाकलापमा व्यापक सुधार आएको बताउँदै भन्सारलाई प्रभावकारी बनाउन सबैको सहयोगको खाँचो छ भन्नुभयो ।
भन्सार कार्यालयका प्रमुख विनोदबहादुर कुँवरले चोरीपैठारीमा व्यापक नियन्त्रण भएको उल्लेख गर्दै विगत छ महिनादेखि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।