Tuesday, 22 May 2012 03:16 pm, Nepal

टाम्राट फेरि नेपाल आउने

मेचीकाली : 2012-02-02 14:39:04


 काठमाडौँ, १९ माघ : एसिया–प्रशान्त क्षेत्रका लागि राजनीतिक मामिलासम्बन्धी राष्ट्रसङ्घीय निर्देशक टाम्राट सामुएल नेपालको चारदिने औपचारिक भ्रमणमा यही माघ २७ गते यहाँ आउनुहुने भएको छ ।    जारी शान्ति प्रक्रिया तथा संविधानलेखनमा भएका प्रगतिबारे जानकारी लिन उच्चस्तरीय राष्ट्रसङ्घीय अधिकारीहरू सम्मिलित टोलीको नेतृत्व गर्दै उहाँ यहाँ आउन लाग्नुभएको हो ।

    एसिया–प्रशान्त विभागकी राजनीतिक अधिकृत सोन्जा वाचमानसहित भ्रमणमा आउने उहाँले प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित राष्ट्रसङ्घका वरिष्ठ अधिकृतले राससलाई बताउनुभयो ।

    सन् २००३ देखि नेपालको राजनीतिक विकासक्रमलाई नजिकबाट नियाल्दै आउनुभएका निर्देशक सामुएल यहाँ स्थापित राष्ट्रसङ्घीय कार्यालय (अनमिन)को उपप्रमुख हुनुहुन्थ्यो ।

    चारवर्षअघि अनमिनको बहिर्गमनपछि पटकपटक नेपाल भ्रमणमा आउनुभएका उहाँ पछिल्लोपटक गत साउनमा यहाँ हुन्ुहुन्थ्यो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालसँगको भेतवार्तामा उहाँले शान्ति र संविधानका निम्ति थप सहायता गर्न राष्ट्रसङ्घ तयार रहेको अभिव्यक्ति दिनुभएको थियो ।

    संयुक्त राष्ट्रसङ्घले शान्तिप्रक्रियाका साथै विकास–निर्माणका काममा नेपाललाई सघाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु