Tuesday, 22 May 2012 03:17 pm, Nepal

माडी बगरमा सुनखानी उत्खनन्

मेचीकाली : 2012-02-02 17:13:06


प्युठान, १९ माघ : माडी खोला बगरमा सुन भएको अनुमानमा चिनियाँ टोलीले परीक्षण सुरु गरेको छ ।  नयाँ गाउँ गाविसअन्तर्गत देवीस्थानको माडी नदी किनारमा परापूर्वकालदेखि सुन पाइँदैआएकाले सुनखानी भेटिन सक्ने अनुमानमा चिनियाँ कम्पनीले खानी उत्खनन् सुरु गरेको हो । यहाँ बालुवा चालेर सुन निकालिँदै आएको पाइएकाले सुन हुन सक्ने सम्भावनाले काम थालनी गरिएको कम्पनीका प्रतिनिधि विपीन शर्माले बताउनुभयो ।

    खानी उत्खनन्का लागि २१ दिनदेखि बगरमा खाडल खनी चीनको जिन मिनजिङ गोल्ड प्रालि कम्पनीले काम गरिरहेको कम्पनीका नेपाल परामर्शदाता गणेश विष्टले जानकारी दिनुभयो । विष्टको नेतृत्वमा सुरु गरिएको परीक्षणका लागि अत्याधुनिक औजारको प्रयोग गरी ३५ जनाको टोली खटिएको छ । अरङखोलाको पुच्छारमा भुवनेश्वरी सामुदायिक वनको जग्गामा पर्ने ४.५ वर्गकिलोमिटर क्षेत्रभित्र खानी उत्खनन् सुरु भएको हो ।

    करिब २५ मिटर गहिरो खाडल खन्नुपर्ने भएकाले सो कार्यका लागि झन्डै ४५ दिन लाग्ने कम्पनीका प्रतिनिधि शर्माले बताउनुभयो । खाडल खनिसकेपछि सुन भए/नभएको परीक्षणका लागि त्यसमा बालुवा पठाइने र नभएमा काम बन्द गरिने शर्माको भनाइ छ ।

    उहाँका अनुसार खानी उत्खनन्का लागि दैनिक रु दुई लाख खर्च भइरहेको छ । यस्तै बाङ्गेसालमा पनि बालुवा चालेर सुन निकाल्ने गरिएको पाइएकाले सुन भए नभएको परीक्षणका लागि यसपछि कार्य थालनी हुने उहाँले बताउनुभयो ।

    खानी तथा भूगर्भ विभागमा कम्पनी दर्ता भई यसअघि कालीगण्डकी बगरमा खानी उत्खनन्का लागि रु एक करोड बढी खर्च भइसकेको र अहिले महाकालीमा समेत खानी उत्खनन् भइरहेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु