Tuesday, 22 May 2012 03:19 pm, Nepal

द्वन्द्वपीडित बालकले राहत पाएनन्

रासस : 2012-02-04 09:44:36


प्यूठान, २१ माघ : प्यूठान लिवाङका द्वन्द्वपीडित बालक नुमबहादुर घर्तिमगरले अझैसम्म पनि द्वन्द्वपीडितका लागि सरकारले दिने राहत पाउन सकेका छैनन् । लिवाङ–१ निवासी नुमबहादुर २०६३ साल चैत २३ गते घर नजिकैको बाटोमा बेवारिसे बम भेटाएर घरमा लगी खेलाउँदै गर्दा पड्किएर घाइते भएका हुन् ।

    बेवारिसे बम पड्किँदा बालकले दाँहिने आँखा गुमाएका थिए भने कानसमेत कम सुन्ने भएका छन् । अहिले स्थानीय भृकुटी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १६ वर्षीय नुमबहादुरको स्मरणशक्तिसमेत गुम्दा पढाइमा बाधा पुगेको  बताइएको छ ।

    बम पड्किएर घाइते भएको पाँच वर्ष बितिसक्दा पनि सरकारले दिने राहतका लागि गाउँका राजनीतिक दल र सरोकारवाला निकाय कसैले सहयोग नगरेकोे बालकका बुबा लोकबहादुर घर्तिमगरले गुनासो गरे ।

    घाइते भई उपचारका लागि काठमाडाँैमा उपचार गर्दा लागेको ऋणसमेत आर्थिक अभावका कारण तिर्न नसकेको पीडित घर्तिमगरले बताए ।

    गाउँमा द्वन्द्व र यसले पार्ने असरका बारेमा गाविसस्तरीय अन्तक्र्रियामा बालक द्वन्द्वपीडित भएको खुल्न आएपछि स्थानीय शान्ति समिति र जिल्ला प्रशासनमा राहतका लागि हरप्लेसका तर्फबाट पहल गरेको संयोजक केशव भुसालले बताउनुभयो ।

    यसैबीच, शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नेपालगन्जको  द्वन्द्वपीडित राहत सहयोग कार्यक्रमअन्तर्गत उनलाई पढाइ खर्चका लागि राहतस्वरुप जिल्ला प्रतिनिधि रवीन्द्र पाण्डेले रु पाँच हजार सहयोग प्रदान गर्नुभएको छ ।

यो विषयका प्रतिक्रियाहरु

keshab bhusal:Feb 6, 2012 02:27:48 PM

Thanks lb g .

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु