Tuesday, 22 May 2012 03:19 pm, Nepal

अनशन बस्नेको स्वास्थ्य अवस्था बिग्रँदै

मेचीकाली : 2012-02-04 10:57:29


बर्दिवास, २१ माघ : आफ्ना १० सूत्रीय माग अघि सार्दै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गत मङ्गलबार आमरण अनशन सुरु गरेका एक सामाजिक कार्यकर्ताको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । जिल्लामा रातु नदीले गर्ने गरेको क्षति न्यूनीकरण गर्न तटबन्ध निर्माण, भूस्खलन, वन र पर्यावरण जोगाउन विशेष बजेटको माग गर्दै आमरण अनशनमा बसेका जिल्लाकै सुगाभवानीपट्टिका ४० वर्षीय सुरेश पाण्डेको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उहाँको स्वास्थ्य परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

    अनशनकारी पाण्डेमा हेमोग्लोबिनको मात्रा निकै घटेर उहाँ कमजोर हुनुभएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्र झाले बताउनुभयो ।

    पाण्डेको मागपत्रमा धनुषा जिल्लाको महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिलले बिग्ही नदीमा झारेको दूषित पानी सर्वोच्च अदालतको आदेशअनुसार व्यवस्थित गर्नुपर्ने, जलेश्वरमा मणिपाल कलेजको निर्माण कार्य तत्काल सुरु हुनुपर्ने र सदरमुकामबाहिर रहेका जिल्लास्थित सरकारी कार्यालय सदरमुकाम ल्याउनुपर्नेलगायत रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु