


काठमाडौं, २१ माघ : स्थानीय जनताको विरोधका बावजुद सरकारले आजबाट लाजिम्पाट क्षेत्रमा घर भत्काउन शुरु गरेको छ । एकाबिहानै डोजर लगाएर लैनचौरबाट घर भत्काउन शुरु गरेपछि प्रतिकारमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । स्थानीय बासिन्दाले घर भत्काउने श्वेत आंतक बन्द गर्नुपर्ने माग राख्दै टायर बालेर प्रदर्शन गरेका छन् । यस क्षेत्रमा अहिले सडकसँग जोडिएको पसल र पर्खाल भत्काइंदै छ ।
स्थानीयवासी भने कडा प्रतिकारका साथ ढुंगामुडामा उत्रिएका छन् । सरकारले एक महिनादेखि घर खाली गर्न सर्वसाधारणलाई चेतावनी दिंदै आएको थियो भने स्थानीयवासीले सरकारले आफूहरुमाथि जर्वजस्ती गरेको भन्दै बिरोध गर्दै आइरहेका थिए । अहिले लाजिम्पाट–महाराजगञ्ज क्षेत्रमा यातायात ठप्प बनेको छ भने स्थानीयवासीको प्रदर्शन जारी छ ।
यो विषयका प्रतिक्रियाहरु
mpw:Feb 5, 2012 12:27:09 PM
pryassh ramro ho tara pani janata ko bhawana lai pani madhyabhag ma rakher naya nepal banaune prayash lai sabaile sahayog garnai parcha hai natra kasari bancha ta chauda sadak ani hamro ra ramro rajdhani bichar garnus hai tyata ka janata haru