Tuesday, 22 May 2012 03:22 pm, Nepal

केन्द्रको निर्देशनपछि शिविरको विवाद मिल्यो, लडाकुहरु चेक बुझ्न लाईनमा

मेचीकाली : 2012-02-04 17:49:27


चितवन, २१ माघ : माओवादी सेनाका लडाकुहरु रहेको तेस्रो तथा चौथो डिभिजनमा बिदाई प्रकृया सुरु भएको छ । चितवनको शक्तिखोर र नवलपरासीको झयाल्टुङडाँडामा रहेको शिबिरबाट घर फर्कने तयारी गरिरहेका लडाकुहरुले बिभिन्न माग अगाडि सारेपछि बिहानैदेखि बिदाई प्रकृया अबरुद्ध भएको थियो । सेना समायोजन विशेष समितिको सचिवालयका संयोजक बालानन्द शर्माले केन्द्रबाटै बिबाद नगर्न निर्देशन आएपछि बिदाई प्रकृया चलिरहेको जानकारी दिनुभयो ।

शिबिरबाट बाहिरिने तयारी गरेका लडाकुहरुसंग पनि केहिबेर छलफल गरेर चेक बाँड्ने काम सुचारु गरिएको हो । लडाकुहरुले घाईते तथा अपांग भएकाहरुलाई पेन्सनको ब्यवस्था गर्नुपर्ने, सरकारले स्वेच्छिक अवकाशमा जाने लडाकुलाई सम्मान पत्र दिनुपर्ने लगायतका माग पूरा नभएसम्म बिदाई प्रकृया अघि बढ्न नदिने अडान लिएका थिए । तत्कालका लागि बिबाद मिलेपछि अहिले देशैभरका सातवटै डिभिजनमा चेक बुझ्ने लडाकुहरुको लाईन लागेको छ । बिशेष समिति संयोजक शर्माका अनुसार पहिलो डिभिजन ईलामको चुलाचुली, दोस्रो डिभिजन सिन्धुली, पाँचौं डिभिजन रोल्पाको दहबन र छैटौं डिभिजन सुर्खेतको दशरथपुरमा पनि बिदाईको काम निर्बादरुपमा चलिरहेको छ । सचिवालयका कर्मचारी सबै डिभिजनमा पुगेर शिबिरबाट बाहिरिने तयारी गरेका लडाकुलाई चेक दिने प्रकृया जारी राखेका छन् । शिबिर छाड्नै लाग्दा लडाकुहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले फेरि राजनीतिमै सक्रिय हुने बताएका छन् भने कतिपयले अब व्यवसाय गरेर जीवन चलाउने बताएका छन् । देशैभरका डिभिजनबाट ७ हजार ३ सय ६५ लडाकुले स्वेच्छिक अवकाश रोजेका थिए । पहिलो चरणमा उनीहरुलाई पाउने भन्दा आधा रकम उपलब्ध गराईनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु