Tuesday, 22 May 2012 03:23 pm, Nepal

डान्सिङ स्टार २०१२ को उपाधि मोनिकालाई

मेचीकाली : 2012-02-04 19:49:29


काभ्रे–सिल्भर साइन इभेन्ट म्यानेजमेन्ट ग्रुपले आयोजना गरेको काभ्रेको अहिलेसम्मकै सबैभन्दा ठूलो नृत्य प्रतिस्पर्धा डान्सिङ स्टार २०१२ को उपाधि मोनिका तामाङले जितेकी छन् । शनिबार भएको फाइनलमा १७ जनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उनले उपाधिसहित नगद १० हजार रुपैयाँ पुरस्कार समेत पाएकी छिन् । प्रतियोगितामा धनराज थापामगर दोस्रो, भावना खड्का तेस्रो भए भने रवि लामाले चौथो स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा दोस्रो हुनेले ५ हजार तथा तेस्रोले ३ हजार रुपैयाँ नगद पुरस्कार पनि पाएका छन् । प्रतियोगितामा वरिष्ठ नृत्य निर्देशकहरु नारायणदेवी प्रधान, राधेश्याम प्रधान र भुषण भोमीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । बनेपाको एनके बेन्क्वेटमा भएको प्रतियोगितामा गायक रामहरि न्यौपाने, उमेश लामा लगायतले गीतसमेत गाएका थिए । यस्तै प्रतिस्पर्धीका अलावा अन्य व्यक्तिहरुले पनि विभिन्न प्रकारका नृत्य प्रस्तुत गरेका थिए ।

भुवन रायमाझी र सचित खड्काले सञ्चालन गरेको कार्यक्रममा सिल्भर साइनका सदस्य एवं वरिष्ठ नृत्य निर्देशक मोहन तौजलेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको फाइनलमा काभ्रे तथा अन्य जिल्लाका गरी १८ जनाले सहभागिता जनाएका थिए । २ चरणमा भएको अडिसनमार्फत ५२ जनाबाट १८ जनालाई फाइनलका लागि प्रतिस्पर्धामा उतारिएको थियो । सिल्भर साइन इभेन्ट म्यानेजमेन्ट ग्रुपले यसअघि गत तीजमा तीज सुन्दरी २०११ को व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु