Tuesday, 22 May 2012 03:24 pm, Nepal

झापामा बस दुर्घटना ३ को मृत्यु,६ घाइते

मेचीकाली : 2012-02-05 11:16:42


झापा, २२ माघ : झापाको जामुनखाडीमा मुनाल यातायातको यात्रुबस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा झापा मेचीनगरपालिकाका बस चालक अशोक अधिकारी, सोही स्थानका निर्जल रिजाल र इटहरीकी कृष्णमाया श्रेष्ठ छिन् । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

तीव्र गतिको कारण बस अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस कांकडभिट्टाबाट धरानतर्फ आउँदै थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु