


कञ्चनपुर, २२ माघ : सुदूरपश्चिमका एक युवा गिनिजबुकमा नाम लेखाउने तयारीमा जु्ट्नुभएको छ । बैतडी जिल्ला चौखाम गाविसका मनोज चन्द गिनिजबुकमा नाम लेखाउन लाग्नुभएको हो । अठ्ठाइस वर्षीय चन्द दुवै हात र खुट्टाले सँगै उल्टोसुल्टो, मुख र कुहिनाले सहजै लेख्नुहुन्छ । उहाँ एकैसाथ छवटा कलमले लेख्न तथा छ सेकेन्डमा ‘ए’ देखि ‘जेड’ सम्मका अक्षर लेख्न सक्नुहुन्छ ।
उहाँ गिनिजबुकमा नाम लेखाउनका लागि राष्ट्रव्यापी अभियानमा जुट्नुभएको छ । उहाँले भत्रुभयो–गिनिजबुकमा नाम लेखाउने काम अन्तिम चरणमा पुगेको छ ।
धनगढीस्थित नास्ट इन्जिनियरिङबाट बिसिए उत्तीर्ण चन्द अहिले काठमाडौँमा एमबिए प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ । “अभ्यास गरेर पनि केही काम गर्न सकिन्छ, मैले दुई÷तीन वर्षमा यस्तो कला सिकेको हुँ”–चन्दले भत्रुभयो ।
कुनै पनि काम गर्नलाई निरन्तर लागिरहन उहाँले युवालाई आग्रह गर्नुभएको छ ।
विसं २०१३ सम्म गिनिजबुकमा नाम लेखाइसक्ने उहाँको दाबी छ । यसै सिलसिलामा चन्द कञ्चनपुरमा आइपुग्नुभएको छ । उहाँले जिल्लाका केही क्याम्पस तथा विद्यालयमा आफ्नो कला प्रदर्शन गर्दै आफूलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।