Tuesday, 22 May 2012 03:25 pm, Nepal

सुनसरीको खनार र इटहरीमा बर्डफ्लु भएको पुष्टि

मेचीकाली : 2012-02-05 13:10:56


सुनसरी, २२ माघ : सुनसरीको खनार र इटहरी क्षेत्रमा मरेका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ । बेलायतस्थित अन्तर्राष्ट्रिय परीक्षण प्रयोगशालामा पठाइएको नमुनामा बर्डफ्लु भएको पुष्टि भएको राष्ट्रिय पशु निर्देशनालयका कार्यक्रम निर्देशक रामकृष्ण खतिवडाले जानकारी दिनुभयो । आज बिहान परीक्षण रिपोर्ट आएपछि जिल्ला पशु कार्यालयले सतर्कताका लागि कर्मचारी खटाएको छ ।

त्यसका लागि कर्मचारीलाई विदा नलिन निर्देशन दिइसकिएको कार्यालयले जनाएको छ । राष्ट्रिय पशु स्वास्थ्य निर्देशनालयबाट खटिएको आकिस्मक रोग अन्वेषण टोलीका विशेषज्ञहरुले शंका गरिएको ठाउँमा संक्रमक रोग फैलिएको पुष्टि गरेको छ भने कृषि तथा सहकारी मन्त्रालयले सरकार सबै किसिमको रोकथामको उपाय अपनाउन हाई अलर्ट मा रहेको जनाएको छ । पुस २६ बाट खनारस्थित पाथीभरा पोल्ट्री फर्ममा कुखुरा मर्ने क्रम सुरु भएको थियो । उक्त पोल्ट्रीबाट करिब दुई किलोमिटर टाढाको इटहरी–६ बज्राहास्थित पिके पोल्ट्री र्फम एन्ड सप्लायर्सका कुखुरा पनि मर्न थालेपछि दुवै ठाउँको नमुना संकलन गरिएको थियो ।

बर्डफ्लु शंका गरिएको सुनसरीको खनार र इटहरी क्षेत्रमा मर्ने कुखुराको संख्या ७ हजार पुगेको छ । शुक्रबार र शनिबार मात्रै ती क्षेत्रमा थप दुई हजार कुखुरा मरेका हुन् । पोल्ट्री फर्ममा कुखुराको स्याहारमा खटिने एक महिला पनि बिरामी परेकी छन् ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु