


धनगढी, २२ माघ : से१च ५८४ नं को एम्बुलेन्सको ठक्करबाट आज पूर्व–पश्चिम राजमार्गको कैलाली–चौमाला सडकखण्डमा दुई बालक घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार, बिरामी बोकेर धनगढीतर्फ आउँदै गरेको सो एम्बुलेन्सको ठक्करबाट चौमाला गाविस भोजपुरा गाउँका १३ वर्षीय प्रेमबहादुर विक र आठ वर्षीय टेकबहादुर विक घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले उपचारार्थ पद्मा अस्पताल कैलालीमा भर्ना गरिएको छ ।
घटनालगत्तै आक्रोशित स्थानीयवासीले सडकमा पु¥याएको अवरोधका कारण त्यस क्षेत्रको यातायात अवरुद्ध भएको छ ।