


काठमाडौं, २२ माघ : सर्वोच्च अदालतले निर्धारण गरेको न्युनतम पारिश्रमिक आफ्ना कर्मचारीहरुलाई प्रदान गर्न सञ्चार माध्यमहरुलाई अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले क वर्गका पत्रपत्रिका, सबै सरकारी संचारमाध्यम र ५ सय वाट क्षमताभन्दा माथिको एफएम रेडियोका कर्मचारीलाई न्युनतम पारिश्रमिक १० हजार भन्दा नघटाउन आदेश दिएको छ ।