Tuesday, 22 May 2012 03:28 pm, Nepal

८अर्ब रुपैयाँ नदिए पेट्रोलियम पदार्थ सहज नहुने

मेचीकाली : 2012-02-05 17:40:32


काठमाडौं, २२ माघ : वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आठ अर्ब रुपैया नदिई पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन नसक्ने चेतावनी दिनुभएको छ । रिपोर्र्टर्स क्लब काठमाडौमा मन्त्री भट्टले मन्त्री परिषदले तत्कालका लागि आपूर्ति सहज बनाउन दुई अर्व दिने निर्णय गरेपनि नागरिक लगानी कोषबाट रकम पाउन अझै केही समय प्रक्रियाको कारण लाग्ने भएकोले तत्काल अभाव कायमै रहने बताउनुभयो ।

उहाँले आगामी जेठसम्म आपूर्तिलाई सहज बनाउन आठ अर्ब लाग्ने प्रस्ताव आफूले मन्त्री परिषदमा पठाई सकिएको भन्दै रकम नदिए अभाव कायमै रहने बताउनुभयो । ईरान समस्या कायमै रहे पेट्रोलियम पदार्थको अभाव अझै बिकराल हुने चेतावनी दिँदै मन्त्री भट्टले कालोबजारी अन्त्यका लाग ठोस योजना बनाउन  लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु