


सुर्खेत, २२ माघ : सुर्खेतको दशरथपुरमा रहेको छैठौं डिभिजनमा अवकास रोजेका लडाकुको बिदाई प्रक्रिया अबरुद्ध भएको छ । बहिर्गमनमा परेका पूर्व माओवादी लडाकुको अवरोध कारण बिदाई प्रक्रिया अबरुद्ध भएको हो । आफ्नो मागको सम्बोधन नभएको भन्दै बहिर्गमनमा परेका पूर्व लडाकुले मुख्यालयभित्र पसेर पाल कम्यूटर फर्निचरलगायतका सामान तोडफोड गर्नुका साथै लडाकुका परिचयपत्र समेत नियन्त्रणमा लिएको र विदाईको काम अवरुद्ध भएको डिभिजन मुख्यालयले जनाएको छ ।
पूर्व जनमुक्ति सेना नेपालका केन्द्रिय उपाध्यक्ष राजु गहतराजले भने आफूहरु शान्ति पूर्ण रुपमा माग राख्न गएका बेला बल प्रयोग गरिएको आरोप लगाउनु भएको छ । उहाँले डिभिजनका लडाकुहरुको कुटाईबाट ३ जना पूर्व लडाकु गम्भीर घाईते भएको दाबी समेत गर्नु भएको छ । तनाब नियन्त्रणका लागि सदुरमुकाम बीरेन्द्रनगरबाट सशत्र प्रहरीको टोली समेत परिचालन गरिएको छ ।
उहाँले सरकार र पार्टी नेतृत्वले सहमति कार्यान्वय नगरेको भन्दै आन्दोलनमा उत्रनु परेको बताउनु भएको छ । दोस्रो दिन आइतवारसम्म छैठौं डिभिजन अन्तर्गत भरना स्मृति बिग्रेडका करिब डेढ सय लडाकूले चेक बुझेको उहाँको भनाई छ ।