Tuesday, 22 May 2012 03:30 pm, Nepal

६ लाखमा स्वदेशी गाडी

मेचीकाली : 2012-02-06 16:55:58


विराटनगर, २३ माघ : हुलास मोटर प्राइभेट लिमिटेडले सरकारले अन्तःशुल्क छुट दिन सकेमा रु छ लाखमा गाडी उत्पादन गरी बिक्री वितरण गर्ने जनाएको छ । उक्त कम्पनीले रु छ लाखमा हुलास मिनी भ्यान उत्पादन गरी बजारमा ल्याउने भएको छ । सो कम्पनीको १७ आँै वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त कम्पनीलाई अन्तःशुल्क छुट दिइएमा स्वदेशी उत्पादन प्रोत्साहित हुने र विदेशी उत्पादन बिक्री वितरणसँग प्रतिस्पर्धा बढ्ने बताइएको छ ।

    पत्रकारसम्मेलनमा कम्पनीका सञ्चालक सुरेन्द्र गोल्छाले आफ्ना उत्पादनमा सुधार गरी नेपाली भूमिमा भारतले उत्पादन गरेको नानो कार सरहको कार उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो ।

     बजारमा आउने भ्यानमा वातानुकूलित सिस्टम सेन्ट्रल लक सिस्टम, तातो र चिसो पानी उपलब्ध हुने फ्रिज तथा एलार्म, टिभीजस्ता सुविधा थपिने कम्पनीले जनाएको छ । सो कम्पनीद्वारा निमार्ण हुने  (भी भ्यान) मा ४० प्रतिशत स्वदेशी कच्चापदार्थ प्रयोग हुने कम्पनीका महाप्रबन्धक प्रफुल चन्ददासले बताउनुभयो ।

यो विषयका प्रतिक्रियाहरु

mpw:Feb 7, 2012 11:40:37 AM

हुलास को गाडी ६ लाख मा पाए पनि सरकार ले त्युस्तो छेत्र मा मात्र अन्तासुल्क छुट दिनु पर्छ जहाँ जनता ले सुबिस्ता का साथ उपभोग गरुन नत्र तेल त बाहिर बाटै आउने हो नि त्यो भन्दा त सaइकल को उपभोग को लागि प्रयाश गर्नु पर्ला

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु