Tuesday, 22 May 2012 03:31 pm, Nepal

वाइसीएलले आफ्नै मातृपार्टी माओवादीको कार्यालयमा ताला लगायो

मेचीकाली : 2012-02-06 16:57:52


धनगढी, २३ माघ : एकीकृत नेकपा माओवादीको युवा संगठन वाईसीएल आफ्नै माउ पार्टीको विरोधमा उत्रेको छ । वाईसीएलले विभिन्न पाँच सुत्रिय माग राख्दै कैलालीमा रहेको माओवादीको पार्टी कार्यालयमा तालाबन्दी समेत गरेको छ ।

वाईसीएलले सोमबार पत्रकार सम्मेलन गरी आफ्ना माग पुरा नहुँदासम्म पार्टीका केन्द्रीय सदस्यहरुलाई सुदूरपश्चिममा आउन नदिने, पार्टी र माओवादी जनमुक्ति सेनाका गाडीहरु कब्जामा लिने, पार्टीका कार्यक्रमहरु बहिस्कार गर्ने र फागुन १ गतेबाट सुदूरपश्चिम बन्दको आयोजना गर्ने जनाएको छ ।

वाईसीएलका सेती महाकाली संयोजक मिनबहादरु कुँवर र केन्द्रीय सदस्य तथा थारुवान राज्य समितिका सचिव ललित थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा वाईसीएल पनि पार्टीमा सेना भएर लडेको भन्दै जनमुक्ती सेनाको प्रमाणपत्र दिनुपर्ने, सांगठनिक हैसियत समान हुनुपर्ने, वाईसीएलका घाईतेको सम्मानजनक ब्यवस्थापन र सेनामा जान चाहनेलाई समायोजनमा लैजानुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु