Tuesday, 22 May 2012 03:31 pm, Nepal

वर्तमान सरकारले नै संविधान निर्माण गर्ने प्रधानमन्त्री भट्टराईको दाबी

मेचीकाली : 2012-02-06 17:35:38


गोरखा, २३ माघ : प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान सरकारले नै संविधान निर्माण गर्ने दाबी गर्नुभएको छ । केही दिनभित्रै शान्ति र संविधान लेखन प्रक्रियामा उल्लेख्य प्रगति हुने दाबी गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वको सरकारलेनै बाँकी रहेको शान्ति प्रक्रियाको काम सम्पन्न गरी संविधान निर्माण गर्ने दाबी गर्नुभयो ।

भवानी उच्च मावि पालुङटार गोर्खाको ५५ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले सरकारको पहिलो प्राथमिकता शान्ति र संविधान भएकाले झिना मसिना कुराहरुमा अल्झेर संविधान निर्माणको काममा अवरोध नगर्न दलहरुलाई आग्रह पनि गर्नुभयो । मुलुकमा यतिखेर आमूल परिवर्तनको आवश्यकता रहेको औंल्याउँदै प्रधानमन्त्री भट्टराईले मुलुकको आवश्यकता र जनताको सपनालाई पूरा गर्नका लागि पनि सबै दलहरु मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । प्रत्येक महिना जिल्ला आउने कार्यक्रमअन्तर्गत प्रधानमन्त्री आज ४९ औ पटक गृह जिल्ला आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु