


सिरहा, २३ माघ : जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन, विभिन्न आपराधिक घटनाको छानवीन गर्नुपर्नेलगायतका माग गरी आन्दोलन गर्दै सिरहामा भइरहेको आन्दोलनमा एकजनाको मृत्यु भएको छ । दुई दिनअघि भएको चरणबद्ध आन्दोलनका क्रममा एमाले जिल्ला कार्य समितिले गरेको धर्नामा प्रहरीले लाठी चार्ज तथा ढुङ्गा हान्दा घाइते भएका हनुमाननगर ७ का रामस्वरुप पासवानको उपचारका क्रममा निधन भएको छ ।
यसैबीच स्थानीय शान्ति समितिले एमाले आन्दोलनका क्रममा शान्ति सुरक्षाको अवस्थामा समस्या सृजना भएको भन्दै वार्ता टोली गठन गरेको छ । स्थानीय शान्ति समिति सदस्य चन्द्रदेव कामतीको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली गठन गरिएको हो ।