Tuesday, 22 May 2012 03:33 pm, Nepal

चेक खोसिनु पार्टीको आन्तरिक विषय भएको सैन्य कमाण्डर पासाङको भनाइ

मेचीकाली : 2012-02-06 18:47:02


काठमाडौं, २३ माघ : माओवादी लडाकुका सैन्य प्रमुख नन्दकिशोर पुन पासाङले स्वेच्छिक अवकास रोज्ने लडाकुले राहत स्वरुप पाएको चेक खोस्ने पार्टीको नीति नभए पनि यो विषय पार्टीको आन्तरिक विषय भएकोले कसैले विवाद गर्न नहुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाण्डूमा गरेको साक्षात्कारमा पासाङले केही विषय पार्टीको आन्तरिक विषय हुन्छन्, त्यसलाई बाहिर विवादको विषय बनाउनु आवश्यक नरहेको दाबी गर्नुभयो । उहाँले कुनै पनि पार्टीको आफ्नो पद्धति र आर्थिक अनुशासन हुने भन्दै पार्टीमा आवद्ध भएपछि त्यसको पद्धति र आर्थिक नियम मान्नै पर्ने दाबी गर्नुभयो । पासाङले काङ्ग्रेस र एमाले शान्ति प्रक्रियालाई सहज बनाउनु भन्दा पनि माओवादीको सानो गल्तीलाई तिलको पहाड बनाउन लागि परेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु