Tuesday, 22 May 2012 03:34 pm, Nepal

वाईसीएलद्वारा माओवादी नेताको गाडी नियन्त्रणमा, पार्टी बैठक स्थगित गर्न दबाव

मेचीकाली : 2012-02-07 08:44:36


दार्चुला, २४ माघ : माओवादी युवा संगठन योङ्ग कम्युनिष्ट लिग वाईसीएलले आज दार्चुलाको गोकुलेश्वरमा माओवादी सेती महाकाली इन्चार्ज एवं पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोलाको गाडी नियन्त्रणमा लिएको छ । जनमुक्ति सेना सरह आफुहरुलाई सुविधा दिनुपर्ने माग राख्दै हिजोदेखि सुदूरपश्चिममा वाईसीएलले पार्टीविरुद्ध आन्दोलन सुरु गरेको हो ।

भोलिदेखि मार्माको लटिनाथमा हुने माओवादी जिल्ला समितिको बैठकमा सहभागी हुन हिजो साँझ माओवादी नेता धर्मेन्द्र बास्तोला र जिल्ला इन्चार्ज भीम कडायत गोकुलेश्वर पुग्नुभएको हो । वाइसिएलले लटिनाथमा आयोजना गरिएको पार्टी बैठक स्थगित गर्न जिल्ला नेतृत्वलाई दबाव दिएको छ । पार्टीले आफ्नो माग पूरा गर्नुपर्ने भन्दै वाइसिएलले दबावस्वरुप पार्टीका सबै कार्यक्रम विथोल्ने घोषणा गरेको छ । माओवादी नेता बास्तोला चढेको बा ०००१ अ ३७ नम्बरकोे स्कारपिओ गाडी वाइसिएलका कार्यकर्ताले गोकुलेश्वरमा नियन्त्रणमा लिएका हुन् । माओवादी नेतृत्वलाई लटिनाथको बैठकमा सहभागी नहुन भनेको र विरोधका बाबजुद बैठक सञ्चालन गरिए बैठकस्थलमै अवरोध पुर्याइने वाइसिएल जिल्ला संयोजक कल्यानसिह धामी ‘पंकज’ले बताउनुभयो ।

लटिनाथको बैठक स्थगित गराउने अवरोधको नेतृत्व गरेका पंकज माओवादीका जिल्ला सदस्य तथा सेती महाकाली राज्य समिति सदस्य समेत हुनुहुन्छ । माओवादी नेताहरुले वाइसिएलको माग जायज भएको र माग पूरा गराउन पार्टीका तर्फबाट पहल गर्ने बताए पनि वाइसिएलले आफ्ना माग पूरा नहुँदासम्म पार्टीका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु