


काठमाडौं, २४ माघ : श्रीमती गिता ढकालको विभत्स हत्या गरी थुनामा रहेका ससस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाकी कान्छी श्रीमती भनिएकी तारा रेग्मी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई सोमबार बेलुकी काठमाण्डौको डिल्लीबजारबाट पक्रेको हो । प्रहरीले कोइराला पत्नीको हत्यामा रेग्मीको पनि हात रहेको आशंका गरेको छ ।
रञ्जनले पुष २७ गते श्रीमती ढकाललाई काठमाण्डौमा हत्या गरी सरकारी गाडिमै राखेर मकवानपुरको पालुङमा लगी जलाएका थिए । माघ ८ गते रञ्जन पक्राउ परेसँगै तारा फरार थिइन् । तारा घटनापछि मलेसिया उडेको र नेपाल फर्केलगत्तै पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पूर्व भलिवल खेलाडि समेत रहेकी ताराले जावलाखेलमा म्यानपावर कम्पनी समेत संचालन गर्दै आएकी छन् रञ्जन र ताराबीच झण्डै २ वर्षदेखि प्रेमसम्बन्ध रहेको बताइएको छ । तारालाई हनुमानढोका प्रहरी कार्यालयमा राखिएको छ ।