Tuesday, 22 May 2012 03:36 pm, Nepal

स्कुटर दुर्घटनामा दुईको मृत्यु

रासस : 2012-02-07 10:57:00


भद्रपुर, २४ माघ : स्कुटरमा सवार दुई युवकको गएराति दुर्घटनामा परी मृत्यु भएको छ ।अनारमणि–३ बस्ने १८ वर्षीय साजन सुब्बा र १७ वर्षीय अभिषेक आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । सुब्बाको विर्तामोडस्थित कन्काई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने आचार्यलाई उक्त अस्पतालबाट उपचारका लागि भारतको सिलगुडी लग्नेक्रममा बाटोमा मृत्यु भएको हो ।

    प्राप्त जानकारीअनुसार अर्जुनधाराबाट मे३प ९३५२ नम्बरको स्कुटरबाट शनिश्चरेतर्फ गइरहेको अवस्थामा अर्जुनधारा–८ स्थित महानन्द चोकमा स्कुटर अनियन्त्रित भई रूखमा ठोक्किएपछि उनीहरू गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु