Tuesday, 22 May 2012 03:36 pm, Nepal

आगलागीमा परी २ को मृत्यु, ३ घर जलेर नष्ट

मेचीकाली : 2012-02-07 11:39:07


अछाम, २४ माघ : अछाम जिल्लाको बूढाकोट गाविस वडा २ मा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । ऐराडा टोलमा भाने ढोलीको घरमा आगो लाग्दा भानेका छोरा कालु ढोली र झंकरे ढालीको मृत्यु भएको छ । ४६ बर्षीय भाने ढोली र उहाँकी श्रीमती सेतुदेवी आगलागीमा परेर गम्भीर घाईते भएको स्थानिय मोहन थापाले बताउनुभयो । सेतु देवीको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।

आगलागीबाट ३ वटा चौपाया मरेका छन् । गएराति साढे १२ बजे घरमा आगलागी भएकोले तत्काल उद्वार गर्न नसक्दा मानवीय क्षति भएको बताईएको छ । बिहान स्थानियबासीले आगलाीका कारण प्रभावितहरुको उद्वा गरेका र साफेबगर इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक राजेन्द्र कठायतको नेतृत्वको एक टोली घटनास्थल तर्फ गएको अछामका प्रहरी नायव उपरिक्षक सुसिलसिंह राठौरले जानकारी दिनुभयो । आलागीबाट संगै रहेका २ वटा अरु घर पनि जलेर नष्ट भएका छन् । आलागीको कारण भने खुल्न नसकेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु