


सल्यान, २४ माघ : सल्यानको कालीमाटीमा बेवारिसे अवस्थामा भेटिएका झन्डै डेढ दर्जन बम नेपाली सेनाले निष्क्रिय पारेको छ । ओडारमा राखिएको अवस्थामा भेटिएका १७ वटा सकेट बम भगवती दल गण सिमखर्कबाट खटिएको सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
काल्चे कालीमाटी गाविसको वडा नम्वर ३ मा रहेको ओडारमा स्थानीयवासीले बम फेला पारी प्रहरीलाई खवर गरेपछि सेनाको टोली गएर बम निष्क्रिय पारेको सल्यानका प्रहरी प्रमुख डिएसपी रामप्रकाश शाहले बताउनुभयो ।
द्वन्द्वकालमा माओवादीले ओडारमा राखेको बम अहिले भेटिएको हुन सक्ने स्थानियवासीको अनुमान छ ।