


काठमाडौं, २४ माघ : त्रिभुवन विमानस्थल नजिकै पेप्सीकोलाबाट सुरु भएको आगलागी विमानस्थलको घाँसे मैदानमा पनि फैलिएको छ । पौने ६ बजेतिर लागेको आगो निभाउनका लागि काठमाण्डौंका २ वटा दमकल गएका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीले विमानस्थल नजिकैको घाँसे मैदानको घाँस डढेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । अहिले विमानस्थलबाट उडान र अवतरण प्रभावित भएको छ ।