


कैलाली, २४ माघ : सुदूरपश्चिमका ९ वटा जिल्लामा रहेका माउ पार्टी एकीकृत नेकपा माओवादीको कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेको माओवाद्र भ्रातृ संगठन वाइसिएले आन्दोलन फिर्ता लिएको छ । माओवादी नेताहरु जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’संग कैलालीको मसुरियामा भएको वार्तामा सहमती भएपछि आन्दोलन फिर्ता लिएको वाइसिएलले जनाएको छ ।
वार्तापछि वाईसीएलका केन्द्रिय सचिवालय सदस्य शिव ओलीले आफुहरुको वार्ता सफल भएको र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताउनुभयो । वाइसिएलले आफुलाई पनि जनसेना सरहको मान्यता दिनुपर्ने लगायतका ५ सुत्रीय मागहरु राख्दै हिजो माओवादीका ९ वटा जिल्ला कार्यालयमा तालाबन्दी गरेको थियो । वाइसिएलका कार्यकर्तालाई योगदानको आधारमा ब्यवस्थापन गर्ने सहमती भएको वार्तापछि माओवादीले नेता अनन्तले बताउनुभयो ।