Tuesday, 22 May 2012 03:40 pm, Nepal

व्यवस्थापिका संसदको बैठक आज बस्दै

मेचीकाली : 2012-02-08 08:39:24


काठमाडौं, २५ माघ : व्यवस्थापिका संसदको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । जनसत्ताले गरेको घरजग्गा र सम्पत्तिसम्बन्धी कारोबारलाई वैधता दिने सरकारी निर्णय फिर्ता लिन माग गर्दै आएका प्रतिपक्षी दलहरूको अडानका कारण संसदको बैठक प्रभावित हुँदै आएको छ ।

उनीहरूले निर्णयका विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै संसदमा आएर जवाफ दिनुपर्ने अडान राख्दै आएपछि संसदको काम कारवाही सुचारु हुन सकेको छैन ।

यसैबीच नियमावली संशोधन मस्यौदा समितिले संविधानसभा नियमावली संशोधन मस्यौदालाई अन्तिम रुप दिन आज छलफल गर्ने भएको छ । समितिमा पटक पटक छलफल भएपनि मतैक्यता नभएकोले नियमावलीलाई अन्तिम रुप दिन सकिएको छैन । समितिमा राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमाथिको छलफल प्रक्रिया, सहमति जुट्न नसकेका विषयमा फागुन १ गतेदेखि अन्तिम रुप दिन मतदानको प्रक्रियालगायतका विषयमा विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु