Tuesday, 22 May 2012 03:40 pm, Nepal

आयोगका प्रतिवेदनका विषयमा आज मधेसी मोर्चाले साझा धारणा बनाउने

मेचीकाली : 2012-02-08 08:41:01


काठमाडौं, २५ माघ : उच्चस्तरिय राज्यपुर्नसंरचना सुझाव आयोगले उच्चस्तरिय आयोगको प्रतिवेदनवारे औपचारिक धारणा तयगर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्ने भएको छ । आयोगको प्रतिवेदनप्रति साझा दृष्टिकोण बनाउन मोर्चाको बैठक दिउँसो ३ बजेपछि बस्ने सद्भावना सहध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

प्रतिवेदनप्रति मोर्चामा आबद्ध दलहरुबीच मतभेद देखिएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभएको छ भने मोर्चाका अरू घटक प्रतिवेदनप्रति सन्तुष्ट छैनन् । मधेसी जनअधिकार फोरम नेपालले भने आयोगको प्रतिवेदन अस्वीकार्य भन्दै लागू गर्न खोजिए मधेसमा आन्दोलन गर्ने चेतावनी दिइसकेको छ । मोर्चाको बैठकमा सरकारको काम कार्वाहीको समिक्षा, संविधान निर्माणलगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु