Tuesday, 22 May 2012 03:41 pm, Nepal

आन्दोलनरत शिक्षकहरूले आज मन्त्रालयमा धर्ना दिने

मेचीकाली : 2012-02-08 08:41:38


काठमाडौं, २५ माघ : अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनमा रहेका शिक्षकहरूले आज शिक्षा मन्त्रालय धर्ना दिने भएको छ । धर्ना कार्यक्रम बिहान १० देखि दिउँसो ४ बजेसम्म जारी रहने गणतान्त्रिक मन्चका केन्द्रीय कोषाध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो । धर्नामा नेपाल शैक्षिक गणतान्त्रिक मन्च र नेपाल शिक्षक युनियनमा आवद्ध शिक्षकहरू सहभागी हुनेपनि थापाले बताउनुभयो ।

 आफूहरुको मागमा सरोकारवाला निकायले वास्ता नगरेको भन्दै उनीहरूले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरू गर्दै आइरहेका छन् । सरकारी तथ्याङ्कअनुसार देशभर अस्थायी शिक्षकहरूको सङ्ख्या २० हजारको हाराहारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु