Tuesday, 22 May 2012 03:42 pm, Nepal

रुकुममा हिमपात जारी, जनजीवन कष्टकर बन्दै

मेचीकाली : 2012-02-08 10:49:56


 रुकुम, २५ माघ : जिल्लाका अधिकांश लेकाली भू–भागको साथै पूर्वी क्षेत्रमा व्यापक हिमपात भइरहेको छ ।हिजो साँझबाट पर्न सुरु भको हिउँ अझै जारी रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।जिल्लाका पूर्वी गाविस हुकाम, रन्मामैकोट, तकसेरा, महत, कोल, मोरावाङलगायतका ठाउँमा करिब दुई फिट हिउँ जमेको देउराली माध्यमिक विद्यालय हुकामका शिक्षक विकास केसीले जानकारी दिनुभयो ।

    हिजो राति १० बजेबाट पानीसँगै हिमपात हुन थालेपछि सर्वसाधारण घरबाहिर निस्कन सकेका छैत्र् भने पशुचौपाया पनि घरभित्रै रहेका छन् । दुई हप्ताअघि परेको हिउँ पग्ली नसक्दै थप हिमपात भएपछि जिल्लाका सबै लेकाली क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।

    हिमपातले जिल्लाका लेकाली क्षेत्रमा लगाइएको तोरीमा पनि व्यापक क्षति पु¥याएको कृषकले बताएका छन् ।

    यसैबीच, सदरमुकाम खलङ्गाको बह्राटाकुरा मैदानमा जारी मध्यपश्चिमाञ्चल क्षेत्रस्तरीय तेक्वान्दोका छनोट चरणका आज हुने खेल पनि पानीका कारण प्रभावित हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गजेन्द्रबहादुर ओलीले बताउनुभयो ।

        आगामी फागुन १४ देखि सुरु हुने छैटौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडी छनोट गर्न आयोजना गरिएको प्रतियोगितामा मुगुबाहेक मध्यपश्चिमका १४ जिल्लाका करिब ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु