


काठमाडौं, २५ माघ : जनसत्ताले गरेका लिखतलाई मान्यता दिने निर्णय सरकारले फिर्ता लिने भएको छ । काठमाण्डौंको गोकर्णमा भएको तीन दलको छलफलमा विपक्षी दलले उठाएको आशंका र सर्वोच्च अदालतको अन्तरिम आदेशलाई ख्याल गर्दै निर्णय फिर्ता लिने सहमति भएको हो ।
वुधबार बेलुकी बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय फिर्ता लिने र विहीवारको संसद बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने सहमति भएको काँग्रेस नेता अजुर्ननरसिंह केसीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्णय फिर्तासंगै काँग्रेस र एमालेले गर्दै आएको सदनको अवरोध पनि हट्नेछ ।