


काठमाडौं, २५ माघ : महिला हिंसाकै कारण माघ महिनामा मात्र ११ जना महिलाले ज्यान गुमाएका छन् । ओरेक नेपालले जारी गरेको विज्ञप्ति अनुसार ११ जना महिला तथा बालबालिकाले घरेलु हिंसा तथा विभिन्न खाले हिंसाबाट ज्यान गुमाउनु परेको लेखिएको छ । विज्ञप्तिमा अछामका २ जना महिलाको छाउपडी गोठमा ज्यान गुमाउनु परेको उल्लेख छ भने केही महिला तथा बालबालिको बलात्कारका कारण मृत्यु भएको उल्लेख छ ।
महिलामाथि यौनजन्य लगायत दाइजो प्रथा, बोक्सीको आरोप, छाउपडी जस्ता सामाजिक कुरीति, कुसंस्कार र घरेलु हिंसा जारी रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।