Tuesday, 22 May 2012 03:46 pm, Nepal

सात अपहरणकारी पक्राउ

मेचीकाली : 2012-02-08 16:09:00


बनेपा, २५ माघ : जिल्ला प्रहरी कार्यालय काभ्रेले अपहरणको काममा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । रु ९३ लाख फिरौती मागेर नदिएपछि ढुसेनी शिवाल–२ का ४७ वर्षीय दीपक भन्ने अनिरुद्र गौतमलाई अपहरण गर्ने समूहलाई पक्राउ गरिएको जिप्रका काभ्रेका प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पीडित गौतमलाई काभ्रेको फलापे भन्ने ठाउँबाट उद्धारसमेत गरिएको छ ।

    प्रनाउ मैनालीका अनुसार फलापे भन्ने स्थानबाट दुईवटा मोटरसाइकलसहित तीनजना र दुईवटा मोटरसाइकलसहित चारजनालाई पाँचखालबाट गएराति पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा काभ्रेको वाङ्थलीका २६ वर्षीय नवराज पराजुली, कानपुर गाविसका २२ वर्षीय सन्तोष तामाङ, सरसिउँखर्क–२ बस्ने २१ वर्षीय रोशन तामाङ, कानपुरकै २० वर्षीय विजय लामा रहेका छन् ।

    त्यस्तै धादिङ जिल्ला पीडा गाविस–५ का १९ वर्षीय अनिल भण्डारी, काभ्रे चलाल गणेशस्थान–६ बस्ने स्वरोज खड्का र रामेछाप जिल्लाको हिमगङ्गा गाविस–६ बस्ने ३० वर्षीय दुर्गालाल सुनार पक्राउ परेका छन् ।

    उनीहरु विरुद्ध मानव अपराध तथा शारीरिक बन्धक मुद्दा चलाइने प्रनाउ मैनालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु