Tuesday, 22 May 2012 03:49 pm, Nepal

एमालेद्वारा सिरहा बन्द

मेचीकाली : 2012-02-09 08:44:40


सिरहा, २६ माघ : शान्ति सुरक्षा लगायतका ८ बुँदे माग राख्दै चरणवद्ध आनदोलनमा उत्रिएका नेकपा एमाले सिरहाले आज सिरहामा बन्द गराएका छन्  । बन्दका कारण आज बिहानैदेखि सिरहामा सवारी साधनहरु चलेका छैनन् भने  बजार, शैक्षिक संस्थमा पनि प्रभाव परेको छ ।  एमालेका कार्यकताहरु आज बिहानैदेखि पुर्व पश्चिम लोकमार्गमा यातायात अवरुद्ध गर्नुको साथै बजार पसलहरु बन्द गराउदै हिडेका छन् ।

सिरहामा हत्या अपहरण, चोरी डकैती  लुटपाटजस्ता आपराधिक घटना नियन्त्रण गर्नुपर्ने,  सिरहाको बेलहा डाँकाकाण्डका दोषीमाथि कार्बाही र न्यायिक छानबिन गरिनुपर्ने, डाँकाकाण्डका मृतक परिवारलाई राहतस्वरुप १० लाख क्षतिपूर्ति दिनुपर्ने सिरहाका किसानहरुलाई  खाद मल र बिउ बिजन सहज रुपमा उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर एमालेले दोस्रो चरणको आन्दोलन गरेको हो । यसअघि एमालेले पहिलो चरणमा गरेको आनदोलका क्रममा जिल्ला प्रशासन घेराउको कार्यक्रममा प्रहरीले अत्याधिक बल प्रयोग गर्दा घाईते भएका एमाले कार्यकर्ता हनुमाननगर का ५५ वर्षका रामस्वरुप पासमानको मृत्यु भैइसकेको छ  ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु