


लहान, १ फागुन : सिरहाको लहानस्थित एपोलो ॐ उच्च माविबाट एक जना विद्यार्थी चार दिनदेखि वेपत्ता भएका छन् । वेपत्ता हुनेमा सिरहाको बस्तिपुर ८ का धनिलाला साहको १५ वर्षिय छोरा जयप्रकाश साह छन् । वेपत्ता विद्यार्थी जयप्रकाश विद्यालयको छात्रावासमा रही कक्षा ९ मा अध्ययनरत छन् ।
विगत चार दिन देखि विद्यार्थी जयप्रकाश विद्यालयमा नभएकोले खोजीका लागि विद्यालयबाट विद्यार्थीको घरमा सम्पर्क गर्दा जयप्रकाशको बेपत्ताबारे खुलासा भएको हो । छोरा विद्यालयबाट हराएकोले वेपत्ता विद्यार्थीका बुवाले छोरा खोजी गरिदिन आग्रह गरेका छन् । वेपत्ता विद्यार्थी जयप्रकाशको खोजीका लागि हिजो नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली विद्यालयलाई लगायतका स्थानमा अनुसन्धन गरेका छन् । वडा प्रहरी कार्यालय लहानका अनुसार वेपत्ता विद्यार्थीको खोजी कार्य जारी छ ।