


नेपालगन्ज, ६ फागुन : भारतको उत्तर प्रदेशको बहराइच कारागारमा २७ नेपाली महिला कानुनी सहायता नपाएर बन्दी जीवन बिताउन बाध्य छन् । बहराइच जेलका सुपरिन्टेन्डेन्ट एके सिंहले बहराइच कारागारमा तीन बालबालिका र २७ महिलासहित ६७ जना नेपाली बन्दी रहेको जानकारी दिनुभयो ।
बन्दी महिलामध्ये ९० प्रतिशत महिला चरेस तस्करीमा पक्राउ परेको बताइएको छ ।
मानव तस्करीका क्षेत्रमा काम गर्दै आएको माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार चरेस भरियाका रुपमा भारतमा पक्राउ परेका महिलाले अदालतमा वकालत गर्ने मानिस नपाउँदा बन्दी जीवन बिताउन बाध्य भएका हुन् ।