


चितवन, ८ फागुन : शिबरात्रिका लागि रकम उठाउने क्रममा प्रहरीले अबरोध गरेपछि प्रहरीसंग भएको झडपमा चितवनको चण्डीभञ्ज्याङमा एक जनाको मृत्यु भएकमो छ । चण्डीभञ्ज्याङ ९ का १८ बर्षीय रबिन गुरुङको मृत्यु भएको हो । चण्डीभञ्ज्याङ ५ मा गाडीहरुसंग रकम असुलिरहेको थाहा पाएर पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरीको टोलीसंग भनाभन भएपछि सामान्य हात हालाहाल भएको थियो ।
हात हालाहालको क्रममा लडेर घाइते भएका रबिन गुरुङको उपचारका लागि भरतपुर ल्याउने क्रममा राती साढे १० बजे मत्यु भएको प्रहरीले बताएको छ । घटनापछि मृतकका आफन्त र स्थानीयबासीले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अबरुद्ध गरेको बाटो भने बिहान सवा ५ बजेबाट खुलेको छ । आज बिहान ११ बजे प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसंग बार्ता गर्ने सहमतिमा बाटो खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यो विषयका प्रतिक्रियाहरु
चित्र सोल्टि गुरुङ्ग:Feb 23, 2012 05:13:23 PM
नेपाली मिडियाले सत्य तथ्य नबुझि समाचार सम्प्रेषण गर्दा हामी पिडित परिवार झन दुखित हुन पुगेका छौ । घटना तपाईहरुले उल्लेख गरेको जस्तो नभै यथार्थ कुरो शिवरात्रीमा पैसा उठाउनेलाई कारबाही गर्दा ज्यान गएको होईन, भोलिपल्टको शिवरात्रीको लागी ध्वनी जगाएर बसेका केटाकेटीलाई गस्तिमा जादा जाड खाएर टिल भएर फर्केको जड्याहा प्रहरीले तितिर बितिर पारेर समातेर लान खोजेको बेलामा मेरो भाई ठुली आमाको घरमा सुत्न भनेर जादा प्रहरीले केटाकेटीहरुलाई त्यसो गरेको देखेको र त्यहा भएका प्रहरीहरु सबै चिनेको र राम्रो सम्बन्ध उ सँग भएकोले प्रहरीलाई गएर यीनीहरुलाई म सम्झाउछु छोडिदिनुस भनेर प्रहरीसँग कुरा गर्न खोजेको बखत जड्याहा प्रहरीहरुले मेरो भाईलाई जबरजस्त लडाएर छ जनाले घेरी अत्यन्तै अमानविय रनिर्ममता पूर्वक हत्या गरेको हो यो कुरा स्थलगत रुपमा आएर बुझेपनि थाहा हुने कुरा हो यसरी मिडियाले समेत घटनालाई बङ्ग्याएको जस्तो देख्दा म हामी पिडित परिवार झन दुखित भएका छौ कृपया यो कुरा सच्याईदिनुहोला
मृतकका दाजु
चित्र सोल्टि गुरुङ्ग