Tuesday, 22 May 2012 03:53 pm, Nepal

ब्रेक फेल भएर प्युठानमा जीप दुर्घटना, ३ जनाको मृत्यु, १८ जना घाइते

मेचीकाली : 2012-02-20 13:22:05


प्युठान, ८ फागुन : प्यूठानको बरौलाबाट विजुवारतर्फ आँउदै गरेको लु १ ज १६६२ नं.को जिप दाखाक्वाडी ३ बेलुवामा केहिवेर अघि जिप दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बिजुली ३ का लालबहादुर श्रेष्ठ, दाखाक्वाडी ३ का दुर्गा धामी, बरौलाका लाटा भनिने नाम नखुलेकाको मृत्यु भएको छ । घटना १८ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा धुवाङ ३ विमला राना वर्ष ३२, शेरबहादुर राना वर्ष ३५, विजुली ३ का सरला थापा वर्ष ३०, श्रृजना खड्का, हेमन्त विक, विजुली ५ का विष्णु श्रेष्ठ, इन्द्र बोहोरा पकला १, कैलास रावत रस्पुरकोट, सरस्वता पोख्रेल माझकोट ७, राधा श्रेष्ठ विजुली ६, कल्पना नेपाली रम्दी ३, गंगा बस्नेत विजुली ३, माया नेपाली विजयनगर २ र एक जना नाम नखुलेका महिला र २ वटा अन्दाजी २ वर्षका बच्चा घाइते भएका छन् ।

घाइते मध्ये चालक क्याप्टेन भनिने हरिबहादुर शाह, सहचालक हेमन्त विक, नाम नखुलेको १ महिला र शेरबहादुर खड्कालाई जिल्ला अस्पताल विजुवारमा सामान्य उपचारपछि थप उपचारका लागि कोहरपुर रिफर गरिएको जिल्ला अस्पताल विजुवार प्यूठानले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरी सहायक निरिक्षक प्रमोद क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु