


काठमाडौं, ९ फागुन : काठमाडौंको असनस्थित एउटा घरमा आगलागि भईरहेको छ । बालकुमारी मन्दीरसँगै रहेको तुलसीमैया जोशीको ४ तले घरमा भिषण आगलागि भएपछि झण्डै दुई घण्टादेखी ४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।स्थानीयावासी र दमकलको प्रयासका वावजुद आगलागी नियन्त्रणमा भने आउन सकेको छैन ।
आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरीका उद्धारकर्मी खटिएका छन् । पुरानो वस्ती र साँघुरो बाटो भएकोले आगो नियन्त्रणमा लिन नसकिएको हो । आगलागी आसपासका घरमा समेत फैलने डरले स्थानीयवासी चिन्तीत बनेका छन् । काठमाडौं उपत्यका खानेपानि लिमिटेड र अन्य ट्यांकरहरुलाई समेत आगलागि प्रभावित क्षेत्रमा तयारी अवस्थामा राखिएको छ । अगलागिको कारण र क्षतीको विवरण प्राप्त गर्न नसकिएको वारुण यन्त्र कार्यालयले जनाएको छ ।